जाडो बढेसंगै बजारमा एलजीको एसीको माग बढ्दो

शुक्रबार, २४ पुस २०७७, ०९ : ०५

काठमाडौं, नेपालमा पछिल्लो समय जाडो बढ्दै गएसगै एलजीको एसीको माग बढेको छ । पछिल्लो समय जाडो बढेसँगै एलजीको एसीको माग बढेको नेपालको आधिकारिक बिक्रेता सीजी इम्पेक्स प्रालिले बताएको हो 

एलजी ब्रान्डका एसीमा  थ्री एमप्रोटेक्सन फिल्टर छ । यसले अनावश्यक प्रदूषण फिल्टर गरी हावामा रहेका धुलो हटाएर  वातावरणलाई स्वच्छ बनाउने कम्पनीले जनाएको छ ।

एलजी एसीमा वातावरणमैत्री आर ३२ ग्यास रहेको छ । यसले गर्मी प्रदान गर्नुको साथै कम बिजुली खपत गर्छ । एलजीको एसीले ७० प्रतिशतसम्म बिजुली बचत गर्दछ ।

यसमा छिटो तातो र मौसमअनुसार चिसो पार्ने क्षमता पनि छ । यस एसीमा १० वर्षको वारेन्टी पनि रहेको छ । 

शुक्रबार, २४ पुस २०७७, ०९ : ०५

प्रतिक्रिया