काठमाडौं, शुक्रबार नेपाली बजारमा सुनको मुल्य सामान्य गिरावट आएको छ । आज सुनको मुल्य तोलामा १०० रुपैंयाले घटेको छ ।
बिहिबार ९५ हजार ४०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज १०० रुपैंयाले घटेर ९५ हजार ३०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मुल्य ९४ हजार ८०० रुपैंया रहेको छ ।
यस्तै चाँदीको मुल्य भने यथावत रही १३ सय ३० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
प्रतिक्रिया