यी ३७ देश जहाँ नेपालमा बस्तु आयात मात्र हुन्छ (तथ्याङ्कसहित)

शुक्रबार, २४ पुस २०७७, ११ : ५२

काठमाडौं- नेपालले विभिन्न ३७ देशबाट बस्तु आयात मात्र गर्ने गरेको छ । चालु आर्थिक वर्षको मंसिर महिना सम्मको तथ्याङ्क अनुसार ३७ देशबाट ६ अर्ब ९२ करोड ९० लाख ३७ रुपैयाँ बराबरको बस्तु आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा आयात मात्रै गर्ने देश मध्ये सबभन्दा धेरै ओमनबाट २ अर्ब ३८ लाख ७२ रुपैयाँ बराबरको बस्तु आयात भएको छ । भने पराग्वेबाट १ अर्ब ६३ करोड ४८ लाख बराबरको सामान आयात भएको छ ।

त्यस्तै जोर्डनबाट १ अर्ब ९ लाख ५६ रुपैयाँ बराबरको विभिन्न बस्तु आयात भएको छ । बेलारुसबाट ३९ करोड २६ लाख ५८ रुपैयाँ बराबरको विभिन्न बस्तु आयात भएको छ । ग्वाटेमालाबाट २३ करोड ७५ लाख ९२ रुपैयाँ बराबरको बस्तु आयात भएको छ । भने, स्वीजरल्यण्डबाट २ करोड ४८ लाख बराबरको विभिन्न बस्तुहरू आयात भएको छ ।

विभागको तथ्याङ्क अनुसार नेपालमा बस्तु आयात भएको ३७ देशहरू मध्ये ओमनबाट चक्लेट, तेल, अन्य खाद्ययबस्तूहरु, फूल, सौन्दर्य वा श्रीङगारका सामानहरू, साबुन, ब्यागहरू, कपडाहरू, बुनेको कपडाहरू, कागजका सामानहरू, धातुका गरगहनाहरू, इलेक्ट्रोनिक सामानहरू, विभिन्न प्रकारका सावरी साधनहरू आयात भएको छ ।
 
बेलारुबाट बुनेको कपडा, बच्चाको कपडा, कपास, माइक्रोसपहरु, नेत्र उपकरण, तरल पदार्थ जाँच गर्ने उपकरणहरु जस्ता वस्तुहरूको आयात भएको छ । त्यस्तै स्वीजरल्यण्डबाट प्लाष्टिकको टिन, कपडा, पुस्तकहरू, टिकट बनाउने कागज, चेक, प्रतिबन्ध नोट, विभिन्न प्रकारका धातुहरू, विज्ञानका उपकरणहरू जस्ता बस्तु आयात भएको छ । 

बोलिभियाबाट श्रीङगारका सामानहरू, जनवारको कपाल, धागो, बुनेको कपडा, विभिन्न प्रकारका टोपिहरुको आयात भएको छ । 
नेपालमा आयात मात्र हुने ३७ देशहरु :

 

शुक्रबार, २४ पुस २०७७, ११ : ५२

प्रतिक्रिया