काठमाडौं- मोबाइल सेवाप्रदायक कम्पनीले तीन करोड ७७ लाख सिमकार्ड बिक्री गरेका छन् । नेपालमा सञ्चालित तीन ठूला दूरसञ्चार टेलिकम, एनसेल र स्मार्ट टेलिकम कम्पनीहरूमार्फत गत कार्तिक मसान्तसम्म उक्त संङ्ख्यामा सिमकार्ड बिक्री भएको हो ।
नियामक दूरसञ्चार प्राधिकरणका अनुसार टेलिकमले ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेशन (जिएसएम) र कोड डिभिजन मल्टिपल एक्सिस (सिडिएमए) सेवा लिने ३ करोड ७७ लाख २३ हजार ग्राहक बनाएको छ ।
तथ्याङ्क अनुसार नेपाल टेलिकमले सबैभन्दा धेरै सिमकार्ड बिक्री गरेको छ । टेलिकमले कार्तिक सम्ममा एक करोड ९८ लाख ९६ हजार सिमकार्ड बिक्री गरेको छ । त्यस्तै फिक्सडलाईन भ्वाइस तर्फ टेलिकमका सात लाख ४० हजार सेवाग्राही रहेका छन् । भने एनसेलले एक करोड ५५ लाख सिमकार्ड बिक्री गरेको छ । यो सङ्ख्या टेलिकमको भन्दा ४३ लाखले कम हो । साथै पछिल्लो समय सस्तो दरमा डेटा इन्टरनेट उपलब्ध गराइरहेको स्मार्ट टेलिकमले २२ लाख सिम कार्ड बिक्री गरेको तथ्याङ्कले उल्लेख गरेको छ ।
मोबाइल सेवाको पहुँच बढ्दै गएको र सेवापनि सस्तीदै गएको कारण नेपालमा ल्यान्डलाइन फोनको प्रयोग भने बर्षेनी घट्दै गएको छ । कार्तिकसम्मको तथ्याङ्क अनुसार ल्यान्डलाइन फोन प्रयोगकर्ता ६ लाख २२ हजार रहेका छन । गत बर्षको तुलनमा नेपाल टेलिकमको ल्यान्डलाइन फोनका प्रयोगकर्ता यो बर्ष ५३ हजार ९ सयले घटेको छ ।
गत बर्ष सोहि अवधिमा ल्यान्डलाइन फोनका प्रयोगकर्ता ६ लाख ७६ हजार रहेका थिए ।
प्रतिक्रिया