काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मुल्यमा आइतबार भारी गिरावट आएको छ ।
शुक्रबार तोलाको ९५ हजार ३०० रुपैंया रहेको सुनको मुल्यमा साताको पहिलो दिन भारी गिरावट आइ ९३ हजार कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको ९३ हजार ५०० रुपैंया रहेको छ ।
त्यसैगरी चाँदीको मुल्यमा पनि ६० रुपैंयाको गिरावट आएर आज तोलाको १२ सय ७० रुपैंया कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया