सोमबार पनि घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

सोमबार, २७ पुस २०७७, १० : ५९

काठमाडौं - नेपाली बजारमा  सोमबार पनि सुनचाँदीको मुल्य घटेको छ ।

हिजो ९३ हजारमा कारोबार भएको सुनको मुल्य सोमबार तोलामा ८०० रुपैंयाले घटेर प्रतितोला ९२ हजार २०० रुपैयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मुल्य ९१ हजार ७०० रुपैंया कायम भएको छ ।

त्यसैगरी चाँदीको मुल्य पनि तोलामा ४० रुपैंयाले घटेर १२ सय ३० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १२ सय ७० रुपैंया रहेको थियो ।

सोमबार, २७ पुस २०७७, १० : ५९

प्रतिक्रिया