निर्माण सिजन सुरू भएसँगै नेपाली बजारमा बढेको छडको मूल्य घट्ने सम्भावना देखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा छड बनाउने कच्चा पदार्थ बिलेटको भाउ घटेकोले नेपाली बजारमा छडको मूल्य घट्ने सम्भावना देखिएको उद्योगीहरुले बताएका छन् ।
‘अहिले अन्तराष्ट्रिय बजारमा बिलेटको भाउ घट्न थालेको छ। हेरौं कतिसम्म पुग्छ’, साखः स्टिलका निर्देशक किरण साखः भन्छन्, ‘बिलेटको भाउ घटेको अबस्थामा नेपालमा पनि मूल्य घटिहाल्छ।’
अन्तराष्ट्रिय बजारमा बिलेटको भाउ बढेको भन्दै उद्योगीले नेपालमा निर्माणको सिजन सुरु हुनेवित्तिकै छडको मूल्य बढाएका थिए । तिहारअघिसम्म प्रतिकिलो ७५ देखि ८५ रूपैयाँ सम्म रहेको छड तिहार लगत्तै बढेको थियो । अहिले उद्योगीले प्रतिकिलो १ सय १० रुपैयाँसम्ममा छड बेचेका छन् ।
तर त्यसरी मूल्य बढाउने कुनै कारण नभएको र बिलेटको भाउ बढेको भन्नु बाहना मात्र भएको ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालको आरोप छ ।
‘यो उद्योगीको मिलेमतोमा गरिउको कार्टेलिङ हो किन भने अन्तर्राष्ट्रिय बजारमा ५ प्रतिशत मात्रै बिलेटको भाउ बढ्दा हामीकहाँ छडको भाउ २५ प्रतिशत बढाइएको छ’, उनी भन्छन्, ‘उद्योगमा पहिल्यै बिलेट किनेर भाउ बढेपछि बिक्री गरेका छन् ।’
कोरोना भाइरसका कारण थला परेको अबस्थामा सुस्तसुस्त निर्माणको प्रकृया अघि बढ्ने समयमा स्टील उद्योगीले झन् थला पारेको निर्माण व्यवसायीको आरोप छ । निजी आवास निर्माण सुस्त हुँदा यससँग सम्बन्धित हजारौं साना व्यवसायी मारमा परेका छन् ।
भाउ घट्ने आशामा बस्नेहरुले घर नबनाउँदा निर्माणको काम निकै सुस्त हुने र त्यसको असर निर्माणसँग सम्बन्धित थुप्रै व्यवसायमा पर्ने उनीहरुको भनाई छ ।
६ महिनाअघि प्रतिकिलो ६४ रूपैयाँ रहेको छड तिहारलगत्तै बढेर ८० रूपैयाँ पुगेको थियो। त्यसपछि लगत्तै फेरि उद्योगीले १० रूपैयाँ बढाएर ९० पु¥याएका थिए । तर अहिले बजारमा निर्माण समग्री व्यवसायीले ११० रुपैयाँसम्ममा बेच्ने गरेका छन् ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।