अबदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परिक्षा दिन चाहनेजति सबैले अनलाइन आवेदन गर्न सक्ने भएका छन् । अहिलेसम्म तोकिएको अनुसार मात्रै आवेदन दिन मिल्ने र कोा सकिएपछि बन्द हुने गरेकोमा अब परिक्षा दिन चाहने सबैले अनलाइन आवेदन दिने प्रकृया मिलाउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ।
यतातायात कार्यालयहरुले लाइसेन्सका लागि अनलाइन आवेदन खुला गर्दा प्रणालीमा आएको समस्याले गर्दा धेरैरे आवेदन फारम नै भर्न नपाएको गुनासो बढेपछि विभागले ‘अनलिमिटेड’ बनाउन लागेको विभागले जनाएको छ ।
‘अब इच्छुक सबैले अनलाइन आवेदन दिन सक्नेगरी हामी सिस्टममा केही मोडिफाइ गर्दैछौं’ विभागका महानिर्देशक गोगन बहादुर हमालले भने, ‘सिस्टमले सबै आवेदन लिन्छ, तर लिखित परीक्षा र ट्रायल भने कार्यालयहरुले क्षमता अनुसार विस्तारै लिदै जान्छन्।’
अहिलेसम्म कार्यालयले खोलेको कोटा अनुसार मात्रै आवेदन दिन मिल्छ । आवेदन भर्नेहरुका लागि लिखित परीक्षाको मिति तोकिन्छ। लिखित परीक्षा उत्तिर्ण गर्नेहरुले ट्रायलका लागि समय पाउँछन्।
तर अब सबैबाट अनलाइन आवेदन लिने र पालो अनुसार सुरुका आवेदकबाट लिखित र ट्रायल परिक्षा संचालन गर्दै जाने विभागको योजना रहेको हमालले बताए ।
उपत्यकामा चारवटा भक्तपुरको जगाती, काठमाडौंको ठूलो भर्याङ, सुकेधारा, ललितपुरको एकान्तकुना गरि चारवटा कार्यालयमा परीक्षा सञ्चालन हुन्छ। ती कार्यालयहरुमा मोटरसाकल र स्कुटरका लागि तीन सय तथा कार र जीपका लागि दुई सय जनाको कोटा छुट्याइएको थियो। सोही कारण धेरैले आवेदन दिन नपाएका हुन्।
विभागका अनुसार लकडाउन हुनुपूर्व लाइसेन्स लिन चाहनेहरुको दैनिक माग नै ७ हजार भन्दा धेरै थियो । गत चैत ११ बाट सरकारले लकडाउन जारी गरेदेखि लाइसेन्सको ट्रायल पनि रोकिएको थियो। बीचमा कर, नवीकरण र नामसारी लगायतको सेवा खुले पनि नयाँ लाइसेन्स लिन चाहनेका लागि सेवा बन्द थियो। करिब ९ महिना आवेदन लिन नै बन्द भएका कारण धेरै मानिस लाइसेन्स लिनबाट बञ्चित भएका छन् । त्यसैले अब सबैको आवेदन लिने तर कार्यालयको क्षमता अनुसार परिक्षा लिँदै जाने हमालको भनाई छ ।
लाइसेन्सको परिक्षा सञ्चालन गर्न चौतर्फी दबाब आएपछि स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड पूरा गरेर पुस १४ गतेदेखि खुलाउने निर्णय भएपनि क्षमताभन्दा आधा मात्रै कोटा तोकिएको कारण अधिकांशले आवेदन नै दिन पाएका छैनन् ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।