३३ करोडको लागतमा पाँच पक्की पुल बन्ने

पुस २९, २०७७ | आजको अर्थ
ajaako_artha

मकवानपुरमा पाँच पक्की पुलको निर्माणका लागि सम्झौता भएको  छ। मकवानपुरको मनहरि गाउँपालिकाको हाँडीखोलामा  रु ३३ करोडको लागतमा पाँच पक्की पुल बन्ने भएको हो । 

मनहरि गाउँपालिका तथा  पुल निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीबीच आज सम्झौता भएको गाउँपालिकाले जनाएको छ । विभिन्न चार स्थानमा पुलको निर्माण गर्न हिराचन बानियाँ जेभी र एउटा पुलको निर्माणका लागि भैरवनारायण जेभीलाई ठेक्का दिइएको बताइएको छ ।  

गाउँपालिकाको  लागि टार  र वडा नं ४ को टुग्रा जोड्ने पुल, वडा नं ४ को गोलघर र  वडा नं ३ को मिलडाँडा जोडने पुल र कालिदमार जोड्ने पुल तथा वडा नं १ र २ लाई जोडने गरी पक्की पुल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।  

हाँडीखोला क्षेत्रमा खोला तथा खहरेमा पुल अभावको समस्या भोग्दै आएको त्यस क्षेत्रमा २४ महिनाभित्र पुल निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । ती पुलको निर्माणपछि मनहरि गाउँपालिका–१ र २ का बासिन्दालाई हेटाँैडा उपमहानगरपालिका भएर मनहरि गाउँपालिकाको केन्द्रसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य हुने अध्यक्ष उप्रेतीको भनाइ छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८