विश्वका धनाड्य मस्कको टिप्स : छलफल गर्नु भन्दा उत्पादन राम्रो बनाउन ध्यान दिनुस्

पुस २९, २०७७ | आजको अर्थ
ajaako_artha

विश्वका धनाड्य एलन मस्कले कम्पनीका सीईओहरुलाई बैठकमा धेरै समय नफाल्न सुझाव दिएका छन् ।

विश्वकै धनाढ्य व्यक्ति तथा टेस्लाका कार्यकारी अधिकारी मस्कले बिजनेस लिडरहरुले आफ्नो समय कन्फ्रेन्स रुमको छलफल र प्रेजेन्टेसनमा बिताउने गरेको र आफ्नो प्रडक्टलाई राम्रो बनाउने र नवप्रवर्तनको कामतिर ध्यान दिन नपाएको बताएका छन् ।

वाल स्ट्रिट जर्नलको सीईओ काउन्सिल वार्षिक सम्मेलनमा बिहीबार आफ्ना अनलाइन अडियन्सहरुसँग जोडिने क्रममा उनले त्यस्तो भनेका हुन् ।

‘सभा हलमा कम समय बिताउनु्होस्, पावर प्वाइन्टमा कम समय बिताउनुहोस् र आफ्नो प्रडक्टलाई सकेसम्म राम्रो बनाउने प्रयास गर्नुहोस्,’ उनले सम्मेलनमा बताए ।

मस्कले आफ्ना भाषणहरुमा अधिकांश कम्पनीहरुको सञ्चालन विधिको सधैं आलोचना गर्ने गर्छन् । यति मात्र होइन उनी सार्वजनिक रुपमा नै स्कुल ग्राजुएसन अर्थात् शैक्षिक योग्यताबाट सञ्चालन हुने कम्पनीको विपक्षमा बोल्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८