चन्द्रागिरी रिसोर्टमा राष्ट्रपति सुइट रुमको व्यवस्था, कुन कोठाको मूल्य कति ?

३ बर्ष अगाडि

चन्द्रागिरी हिल्स लिमिटेडले निर्माण गरेको चन्द्रागिरी रिसोर्टमा राष्ट्रपति सुइट रुमको व्यवस्था रहेको छ । 

कम्पनीले जारी गरेको रिसोर्ट आयोजना तर्फको विवरणमा उक्त विषय उल्लेख गरिएको हो । 

उक्त विवरणमा रिसोर्टमा १०० वटा कोठा रहेको बताइएको छ । जसमा सबै भन्दा धेरै ६२ वटा डिलक्स रुम रहेका छन् ।

त्यस्तै, विशेष अतिथिहरुका लागि ३० वटा, सूइट रुम ६ र राष्ट्रपति सुइट रुम दुइ वटा रहेका छन् ।

कुन कोठाको कति मुल्य

चन्द्रागिरी रिसोर्टमा राष्ट्रपति सूइट रुमको सबै भन्दा धेरै मुल्य रहेको छ । 

उक्त रुममा बसेको एक दिनको औषत मूल्य २ लाख २२ हजार २९३ रुपैयाँ रहेको छ । 

त्यस्तै, सूइट रुममा बस्न एक दिनको ८८ हजार ४ सय २७ रुपैयाँ तिर्नु पर्छ । 

त्यस्तै, विशेष अतिथिहरुका लागि छुट्यायएको कोठाको औषत मूल्य १६ हजार ९ सय ३३ रुपैयाँ र डिलक्स 

कोठाको औषत मूल्य १३ हजार ७६० रुपैयाँ रहेको छ । उक्त रिसोर्ट बर्षको ३ सय ६५ दिन नै खुल्ला रहने छ । 
 
 

३ बर्ष अगाडि

प्रतिक्रिया