काठमाडौं- कमिसन वृद्धिका लागि सरोकारवाला निकायसँग छलफल भैरहेको भन्दै पेट्रोलियम व्यवसायीले आन्दोनलको कार्यक्रम स्थगित गरेका छन् ।
आज एक विज्ञप्ति प्रकाशित गरी गर्दै थप मूल्य लिने कार्यक्रम स्थगित गरेको हो । माघ १ गतेबाट डिजेल र पेट्रोलको बिक्री मूल्य लिटरमा ५० पैसा थप गरेर बिक्री गर्ने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले घोषणा गरेको थियो ।
एसोसिएसनले पेट्रोल, डिजेल बिक्री गर्दाको कमिसन बढाउनुपर्ने माग राख्दै आएको छ । अहिलेसम्म निगम पम्प सञ्चालकलाई पेट्रोलमा ३ प्रतिशत र डिजेलमा २.६५ प्रतिशत कमिसन दिँदै आएको छ ।
व्यवसायीले डिजेलमा ४ प्रतिशत र पेट्रोलमा ४।५ प्रतिशत कमिसन बढाउन माग गरेका छन् ।
प्रतिक्रिया