रुकुममा जिल्ला समन्वयसमिति प्रमुख सहित पाँच जना जुवाडे जुवाखालबाट पक्राउ परेका छन् ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१, पातुखोबाट जुवातास खेलिरहेको अवस्थामा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख गजेन्द्रबहादुर ओलीसहित पाँचजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ओलीसहित पृथा उत्तरगंगा गाउँपालिका–५, रुकुम पूर्वका २९ वर्षीय सुभाष घर्ती मगर, सोही गाउँपालिका–१० का ६४ वर्षीय जितेन्द्र बुढामगर, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–७ का ४२ वर्षीय लिलबहादुर पुन र मुसीकोट नगरपालिका–१ का ३७ वर्षीय कमल गिरीलाई पक्राउ गरिएको रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए ।
उनीहरुको साथबाट २५ हजार २०० रुपैयाँ र तीन गड्डी ताससमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई थप अनुसन्धान भैरहेको र कानुनबमोजिम कारबाही गरिने प्रहरी निरीक्षक शाहीले बताए ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।