जात व्यवस्था उन्मुलन मोर्चाको एकै दिनमा दुई सम्पर्क समिति गठन

३ बर्ष अगाडि

काठमाडौं – जात व्यवस्था उन्मुलन मोर्चा नेपाल अन्तरगतको गण्डकी–बागमती प्रदेश सम्पर्क समिति र प्रदेश नम्बर १–बागमति प्रदेश सम्पर्क समिति गठन भएको छ । शनिबार जात व्यवस्था उन्मुलन मोर्चाको काठमाडौंमा भएको एक बिशेष भेलाले उक्त सम्पर्क समितिहरु गठन गरेको हो । 

भेलाले गण्डकी प्रदेश तर्फ जात व्यवस्था उन्मुलन मोर्चाकी केन्द्रीय सदस्य रुपा सुनारको संयोजकत्वमा ६ सदस्य पछि मनोनित गर्ने गरि १५ सदस्यीय सम्पर्क समिति गठन गरेको छ । समितिमा संयोजक सुनारसहित विश्वदिप बसेल, कृष्ण काफ्ले, जसिन्द्र श्रीपाली, सपना गान्धारी गुरुङ, माधव छन्त्याल, सुरज विश्वकर्मा, बिबि थापा र सागर गान्धारी रहेका छन् ।  

यस्तै, प्रदेश नम्बर १–बागमती प्रदेश सम्पर्क समितिमा मोर्चाकी केन्द्रिय सदस्य सिता बराईलीको सयोजकत्वमा एक सदस्य पछि मनोनित गर्ने गरि २१ सदस्यीय सम्पर्क समिति गठन भएको छ । जसमा संयोजक बराईलीसहित देवी विक, सिता विश्वकर्मा (सानु), मनोज बराईली, उषा रसाईली, विनोद लाखे, रामकुमार नेपाली, सिखा सुन्दास, ध्रुब परियार, रेश्मा घिमिरे, सम्झना घिमिरे, मिना कार्की, चन्द्र मोते, नविन विश्वकर्मा, सुन्दर नेपाली, रञ्जिता खाती, रेनुका विक, नविन नेपाली, बलभद्र तामाङ, शंकर मोते रहेका छन् । 

त्यसैगरि, मोर्चाले गत पुस २५ गते बागमति–बागमति र कर्णाली–बागमति प्रदेश सम्पर्क समिति गठन गरेको थियो । बागमति–बागमति प्रदेश सम्पर्क समितिको संयोजक रेखा विश्वकर्मा र कर्णाली – बागमती प्रदेश सम्पर्क समितिको संयोजक अग्रज परियार रहेका छन् । 

जात व्यवस्था उन्मुलन मोर्चा बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको जनबर्गिय संगठन हो । हाल यस संगठनको अधिकांश जिल्लाहरुमा संगठन विस्तार भइसकेको छ । मोर्चाको उक्त भेला  पार्टीका संयोजक विश्वभक्त दुलाल (आहुति), केन्द्रीय सदस्यहरु नविन रिमाल, भुपाल साम्पाङ्ग, बुद्धिराम नेपाली र पार्टीका केन्द्रीय सदस्य एंव मोर्चाको बागमति प्रदेश सम्पर्क समितिका संयोजक महाविर विश्वकर्माको आतिथ्यतामा सम्पन्न भएको थियो ।

भेलामा सम्पूर्ण अतिथिहरुले नेपाली समाज र नेपाली समाजको बर्ग जात व्यवस्थामा आधारित रहेको बताउँदै अबको क्रान्ति पुर्ण रुपमा जात व्यवस्था उन्मुलनमा केन्द्रित हुनुपर्ने बताएका थिए । साथै, नेपाली समाज जात व्यवस्थामा आधारित छ भनेर विश्लेषण गर्ने र जात व्यवस्था उन्मुलनको ठोस रणनीति निर्माण गरि कार्यान्वयनमा अगाडि बढ्ने पहिलो पार्टी नै बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी रहेको भेलामा उपस्थीत अतिथिहरुको बताए ।

३ बर्ष अगाडि

प्रतिक्रिया