बिना धितो ६ प्रतिशतभन्दा कम ब्याजमा टाटाका गाडी, मिस कल दिए सबै जानकारी

३ बर्ष अगाडि

नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले विदेशबाट फर्केकाहरुलाई बिना धितो ६ प्रतिशतभन्दा कम ब्याजदरमा गाडी उपलब्ध गराउने भएको छ । 

सिप्रदीले टाटाका कमर्शियल गाडीहरुको खरिदमा ७५ प्रतिशतसम्मको फाईनान्स सुबिधा सहित गाडी उपलब्ध गराउने योजना ल्याएको हो । 

‘टाटा मोटर्स स्वावलम्बी अभियान’ सार्वजनिक गर्दै सिप्रदीले विभिन्न कारणवश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई नेपालमै गाडी व्यवसाय सञ्चालनमा प्रेरित गर्न यस्तो अभियान ल्याएको जनाएको छ । 

अभियानमा सहभागी हुन चाहनेले टाटा मोटर्सको सोरुममा गएर विभिन्न प्रकारका गाडीहरु अवलोकन गर्न र त्यसका अनुप्रयोगहरुको जानकारी पनि लिन सक्ने छन्। घर बसी बसी आफ्नो उपयुक्त समय मिलाएर ९८०११०७६०० मा मिस कल दिएर थप जानकारी हासिल गर्न सक्ने कम्पनीले जनाएको छ।

युवा वर्गलाई स्वदेशमा नै व्यापार व्यवसाय गर्ने वातावरण मिलाउन सहयोग पुर्याएर आत्मनिर्भर बनाउने उदेश्यका साथ अभियान सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। 

यसअन्तर्गत कम्पनीले युवा जनशक्तिमार्फत व्यवसाय र रोजगारीको सृजना गरी आर्थिक सम्बृद्धी हासिल हुने विश्वास लिएको जनाएको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया