प्रेस सङ्गठनको भेलामा प्रचण्ड–माधवले सम्बोधन गर्ने

३ बर्ष अगाडि

काठमाडौं – प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीले भोली काठमाडौँमा  दोस्रो राष्ट्रिय भेला गर्दैछ । 

सङ्गठनका केन्द्रीय सहसंयोजक महेश्वर दाहालको अध्यक्षतामा भएको बैठकले नयाँ राजनीतिक परिस्थितिमा सङ्गठनमा आबद्ध देशभरका सबै सदस्यलाई एकताबद्ध र दिशानिर्देश गर्ने लक्ष्यका साथ भेलाको आयोजना गरेको जनाएको छ । 

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल आहाल र अर्का अध्यक्ष माधब कुमार नेपाल प्रमुख आतिथ्यता तथा पार्टीका शीर्ष नेताको विशेष आतिथ्यतामा हुने भेलामा सङ्गठनका अगुवा, केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्य, पूर्वपदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, सङ्गठनबाट नेपाल पत्रकार महासङ्घमा प्रतिनिधित्व गर्ने वर्तमान र पूर्वपदाधिकारी, जिल्ला÷प्रतिष्ठान र एसोसिएट शाखाका संयोजक÷सहसंयोजक सहभागी हुने प्रेस विज्ञप्तिमा जनाइएको छ ।  

उक्त भेला भृकुटि मण्डपमा विहानको ११ बजे भेला भइ जुलुस सहित प्रज्ञा भवन कमलादीमा ११स्३० देखि प्रशिक्षण तथा संस्द विगठन बिरुद्ध आन्दोलनमा जाने बारे निर्णय समेत गर्ने बताइएको छ । 

साथै बैठकले सङ्गठनको एकताप्रति प्रतिबद्ध रही फुट र गुटबन्दीमा नलाग्न देशभरका सम्पूर्ण सदस्यलाई अपिल गरेको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया