निर्माण कार्य थालनी भएको ११ वर्ष नाघिसक्दाँ जम्मा १९ प्रतिशत भौतिक प्रगति

बुधबार, ०७ माघ २०७७, ०९ : १०

काठमाडौं। कालीगण्डकीको राष्ट्रिय गौरव अन्तरगत पर्ने २ सय ४५ किलोमिटरको गैडाकोट राम्दी मालढुङगा सडक निर्माण काम सुरु गरिएको ११ बर्षभन्दा बढी भएको छ ।

उक्त अवधिभर भौतिक प्रगति भने १९ प्रतिशत मात्र देखिएको छ । आ.व ०६६र०६७ मा यो आयोजनाको थालनी गरिएको थियो । यो आयोजना आ.व ०७६र ०७७ मा पुरा गर्न लक्ष्य राखिएको थियो । तर हाल संशोधित अवधि भने ०८०र ०८१ तय गरिएको छ ।

आयोजनाको लागत २० अर्ब २२ करोड अनुमान गरिएको छ । हालसम्म ३ अर्ब ७४ करोड रुपैंया खर्च भएको छ । यो आयोजना आ.व.को ०७७र०७८ मा ४० किलोमिटर कालोपत्रे र २० किलोमिटर ग्राभेल गर्ने लक्ष्य रहेको छ । साथै १.५ किलोमिटर ट्रयाक खोलिने र १० वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

तर, चालु आ.व.को पहिलो ४ महिनामा भने भौतिक प्रगति साढे ४२ प्रतिशत भएको छ । सो अवधिभर २० किलोमिटर कालोपत्रे ,४ किलोमिटर ग्राभेल र २ वटा पुल निर्माण कार्य सम्पन्न भएको छ ।
 
चालु आ.व.को पहिलो ४ महिनामा लागि छुट्याएको रकम पनि ४१.६१ प्रतिशत मात्र खर्च भएको छ । कुल ५९करोड ६९ लाख ५२ हजार विनियोजना गरिएको थियो । हालसम्म २४ करोड ८४ लाख रुपैंया खर्च भएको छ ।
 

बुधबार, ०७ माघ २०७७, ०९ : १०

प्रतिक्रिया