संरक्षणको पर्खाइमा ताप्लेजुङको टासी छ्योलिङ गुम्बा

माघ ८, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं- समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा रहेको ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सा गाउँमा रहेको ऐतिहासिक टासी छ्योलिङ गुम्बा संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।

अहिलेसम्म गुम्बाको जीर्णोद्धार अर्थात् संरक्षण गर्न कुनै पनि पहल नभएको स्थानीयवासी पेमा शेर्पाले बताए । प्रचारप्रसार हुन नसकेकाले पनि गुम्बा जीर्णोद्धारसम्म पनि नभएको हुँदै शेर्पाले बताए । 

गुम्बा धेरै पुरानो भएकै कारण संरचना क्रमशः भत्किँदै गएको घुन्साका स्थानीयवासी बताउँछन । घुन्साका ज्येष्ठ व्यक्ति ९० वर्षीय लाक्पाछेतेन शेर्पाले टासी छ्योलिङ गुम्बा एक हजार वर्षभन्दा बढी पुरानो भएको जिकिर गरेका थिए । 

पुर्खाले घुन्सामा बस्ती बसाउन थालेपछि बौद्ध धर्मावलम्बीले धार्मिक संस्कार (पूजा पाठ) गर्न टासी छ्योलिङ गुम्बा निर्माण गरिएको शेर्पाको भनाइ छ । उनले भने, “जिल्लाकै पहिलो गुम्बा हो, घुन्सामा गुम्बा बनेपछि मात्र अरुतिर गुम्बा बनेका हुन् ।” घुन्सापछि ओलाङ्चुङगोलाको दिकीछ्योलिङ गुम्बा, फले, ग्याब्लालगायतका ठाउँमा पछि मात्र गुम्बा बनाइएको उन तर्क छ  ।

धेरै अघिका पुस्ताले टासी छ्योलिङ गुम्बा बनाएको र अहिलेसम्म सोही गुम्बामा आफूहरुले बौद्ध धर्मअनुसार पूजापाठ गर्दै आएको स्थानीयवासी केल्साङ शेर्पाले बताए । 

अहिलेसम्म कुनै सरोकारवालाले गुम्बा संरक्षणमा चासो नदिएकाले संरचना निक्कै जीर्ण बन्दै गएको शेर्पाले बताए । समय समयको भूकम्पले गुम्बाको गारो भत्काएर संरचना थप जीर्ण बनेको शेर्पाको भनाइ छ ।

 स्थानीयवासी आफैँले बेलाबेलामा भत्किएको गारो लगाउने र मक्काएको काठ फेर्नेबाहेक अरु दर्बिलो संरचना बनाउने वा जीर्णोद्धारको कार्य गर्ने अवस्था नरहेको उनको भनाइ छ । 

कतिपय लड्न र झर्न लागेको संरचनालाई काठको टेवा दिएर अड्याएको गुम्बाका लामा ९पुजारी० पेमाछेम्बे शेर्पाले बताए । कुनै पनि बेला गुम्बाको पूरै संरचना भत्किएर मानवीय क्षतिसँगै ऐतिहासिक गुम्बाको अस्तित्व समाप्त हुनसक्ने लामा शेर्पाको भनाइ छ ।

संरक्षण तथा जीर्णोद्धार नगरिँदा धार्मिक मात्र नभई पर्यटकीय गन्तव्यका रूपमा रहेको प्राचीन ऐतिहासिक गुम्बाको अस्तित्व सङ्कटमा परेको घुन्साका स्थानीय युवा समाजसेवी मिङ्माडण्डु शेर्पाले बताए । 

कञ्चनजङ्घा हिमाल प्रवेशद्वार मानिने घुन्सा बस्तीमा रहेको ऐतिहासिक गुम्बाको जीर्णोद्धार गर्न ढिलाइ हुँदै गएको शेर्पाको भनाइ छ । चीनको स्वशासित क्षेत्र तिब्बतको भोटबाट आएर घुन्सामा भोटे समुदायले मानव बस्ती बसाएका र बस्ती बस्न थालेदेखि नै शुरुमै उक्त गुम्बा निर्माण गरिएको स्थानीयवासीको भनाइ छ ।

शुरुमा काठको चिर्पटले छाएर गुम्बा निर्माण गरिएको र पछि जस्तापाताले छाउन थालिएको घुन्साका वयोवृद्ध लाक्पाछेतेन शेर्पाले बताए ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८