नागरिक स्टक डिलरले पायो धितोपत्र व्यापारीको काम गर्ने अनुमति

३ बर्ष अगाडि

काठमाडौं - धितोपत्र बोर्डले नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीलाई धितोपत्र व्यापारीको कार्य गर्न अनुमति पाएको छ।  

पुँजी बजारमा संस्थागत लगानी अभिबृद्धि गर्न बजेटमा स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने व्यवस्था उल्लेख भएको थियो। धितोपत्र बजारमा लगानी गर्ने र बजारको अनपेक्षित उतारचढावलाई नियन्त्रण गर्ने उद्देश्यले स्टक डिलर कम्पनी खुलेको हो। 

स्टक डिलर कम्पनीमा कोषको ५१ प्रतिशत, नेपाल टेलिकमको ९ प्रतिशत, पुनर्बीमा कम्पनीको १० प्रतिशत सेयर स्वामित्व रहेको छ। सर्वसाधारणका लागि ३० प्रतिशत सेयर छुट्याइएको छ।

हाल स्टक डिलर कम्पनीको चुक्ता पुँजी ५ अर्ब र जारी पुँजी १० अर्ब रहेको छ। कम्पनी संचालनमा आएको दुई वर्षभित्र ३० प्रतिशत पब्लिक सेयर जारी गरिनेछ।

३ बर्ष अगाडि

प्रतिक्रिया