काठमाडौँ । प्रेमिकालाई गोली हानेर हत्या गरी फरार युवालाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको छाँगे–१ घर भएका कुमुकहाङ लिम्बु आङबुहाङ छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मुलपानीबाट गएराति उनलाई पक्रेको हो ।
हत्या आरोपीलाई मुलपानीबाट पक्राउ गरेर पाँचथर पठाउन लागिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।
०६७ मा पाँचथरको एक होटलमा कुमुकहाङले सामान्य विवाद हुँदा प्रेमिकालाई गोली हानेको थिए । टाउकोमा गोली लागेर प्रेमिका ढलेपछि भागेका उनी काठमाडौँमा लुकिछिपी बसेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
लाहुरेको छनोट परीक्षामा सहभागी भएर ताप्लेजुङ फर्कंदा कुमुकहाङ प्रेमिकासँग पाँचथर स्थित एक होटलमा बसेका थिए ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।