विप्लवको नेपाल बन्द : अहिलेसम्म  कहाँ कहाँ के के घटना भए ?

३ बर्ष अगाडि

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको  प्रभाब खासै परेको छैन। नेपाल बन्दको सवारी आवत जावतमा कुनै प्रभाव नपरेता पनी विभिन्न ठाँउमा तोड फोड् , बिष्फोटका घटना हरु भने भएका छन् । कहाँ कहाँ के के घटना भए ?  
मंगलटारमा विष्फोट,  बनेपामा प्रेसर कुकर बम फेला 
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आव्हान गरेको पुर्वसनध्यामा विपि राजमार्गको मंगलटार नजिक विष्फोट भएको छ। गस्तै काभ्रेको बनेपामा प्रेसर कुकर बम फेला परेको थीयो । उक्त बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको थीयो ।

 मकवानपुरमा पिकअपमा आगजनी 
मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले पिकअप जलाएका छन्। विप्लव कार्यकर्ताले  शनिबार बिहान बा१३च ७९६९ नम्बरको पिकअप भ्यान जलाएका हुन्।
 बिहान २ बजे भीमफेदीमा सामान अनलोड गरेर काठमाडौं फर्किँदै गरेको पिङकअप फर्पिङ र मकवानपुरको सिमानामा जलाइएको हो।

 झापामा  यात्रुबाहक बस तोडफोड

पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापामा तीन जना युवाको समूहले धरान जाँदै गरेको यात्रुबाहक बसमा तोडफोड गरेका छन् । झापाको शिवसताक्षी नगरपालिकामा किराँत चोकमा बा४ख ८८९७ नम्बरको यात्रुबाहक बस तोडफोड भएको हो । 

खुकुरीसहित आएका उनीहरूले बस रोकेर तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनामा  विप्लव समूहको संलग्नता हुन सक्ने अनुमान गरिएको छ ।उनीहरूले मट्टितेल छर्केर उक्त बसलाई आगजनीको प्रयास गरेका थिए। आगजनी प्रयास गरेपछि बसमा रहेका यात्रुहरू चिच्याएको कारण आगजनीबाट जोगिएको प्रहरीले जनाएको छ । तोडफोड भएको बस इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।

भरतपुरमा संकास्पद बस्तु फेला

चितवनको भरतपुरमा संकास्पद बस्तु फेला परेको छ ।भरतपुरको बाइपास रोडमा शनिवार मध्यान्ह १२ बजे संकास्पद बस्तु फेला परेपछि सडक अबरुद्ध भएको छ  । पूर्वी नेपाल जाने बाइपास रोडमा बम जस्तो बस्तु देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए । उक्त बस्तुलाइ डिस्पोज गर्ने  तयारी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
 
बागलुङमा शंकास्पद वस्तु फेला
बागलुङ नगरपालिका वडा नम्वर ३ हाडेपाखा स्थीति मध्यपहाडी लोकमार्गमा बम जस्तै देखीने शंकास्पद वस्तु फेला परेको छ । मध्यमहाडी लोकमार्ग वाट बागलुङ बजार प्रवेश गर्ने चोकमा उक्त वसतु फेला परेको हो । शनिबार बिहान सडकमा हिँड्ने मानिसले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।उक्त  शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । 

सिरहामा कुकर बम फेला 
पूर्वपश्चिम राजमार्गत सिरहा जिल्लाको मिर्चैया नगरपालिका ५ जिवा पुलमा अज्ञात समूहले राखेको कुकर बम सुरक्षाकर्मीले डिसपोज गरेको छ । चोहर्वास्थित नेपाली सेनाको श्री शेर गणबाट खटिएको सपोजल टोलीले कुकर बम डिस्पोज गरेको  हो ।

पुलमै बम भएकाले करिव ३ घण्टा सडक अवरुद्ध भएको थियो । प्रहरीले मानविय क्षति हुन नदिन बाटोमै बम भएकोले केही वेर सडक अवरुद्ध भएको जनाए । 

बैतडीमा फेला परेको बम नेपाली सेनाको टोलीद्वारा  निष्क्रिय

बैतडीमा फेला परेको बम नेपाली सेनाको टोलीले आज निष्क्रिय पारेको छ । महाकाली राजमार्गअन्र्तगत दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित सडकमा राखिएको बम सेनाको टोलीले निष्क्रिय पारेको हो ।

बेवारिसे अवस्थामा फेला परी निष्क्रिय पारिएको उक्त शङ्कास्पद वस्तु डेक्ची बम रहेको बैतडीका प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । गए राति बीच सडकमा भेटिएको उक्त बमलाई दार्चुलाबाट आएको सेनाको टोलीले निष्क्रिय पारेको हो ।

मालवाहक ट्रकमा आगजनी 

महाकाली राजमार्गमाअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडमा आज एक मिनीट्रकमा आगजनी भएको छ । गोकुलेश्वरबाट दार्चुलाको सदरमुकाम खलङ्गातर्फ गइरहेको सुपप्र ००१ क १५४८ नंको मालवाहक मिनीट्रकमा आगजनी गरिएको हो ।

आज दिउँसो गोकुलेश्वरमा रहेको प्रहरीको चेक प्वाइन्टमा इन्ट्री नै नगराएर गएको उक्त मिनीट्रकमा आगजनी भएको  हो । नजिकै रहेको पेट्रोलपम्पमा तेल हाल्छु भनेर इन्ट्री नै नगराएर गएको उक्त मिनीट्रक आगजनी भएको खबर आएको दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

मिनीट्रकमा आगो लागेको भन्ने खबर पनि बाहिरका मान्छेले गरेकाले थप शङ्का उत्पन्न भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउदको भनाइ छ  । मालवाहक उक्त ट्रकमा रहेको हार्डवेयरको सामग्री र ट्रक भने जलेर नष्ट भएको बताइएको छ । 

आफ्नो पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चनको रिहाईको माग गर्दै विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको हो । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया