हिरो मोटोकर्प बन्यो विश्वकै सबैभन्दा बढी मोटरसाइकल उत्पादन गर्ने भारतीय अटोमोटिभ कम्पनी

३ बर्ष अगाडि

काठमाडौं- हिरो मोटोकर्प सबैभन्दा बढी मोटरसाइकल उत्पादन विश्वकै पहिलो भारतीय अटोमोटिभ कम्पनी बनेको छ । कम्पनीले आगामी पाँच वर्षसम्म प्रिमियम मोटरसाइकलको श्रृंखलासहित हरेक वर्ष दसभन्दा बढी उत्पादन बजारमा ल्याइने बताएको छ ।

यो महत्वपूर्ण कोशेढुंगा भारत र हिरोको ब्रान्ड अपिलमा अन्तर्निहित क्षमताको पनि पुष्टि भएको कम्पनीको भनाइ छ । ‘गतिशीतला मोबिलिटीको भविष्य बन्ने’ दृष्टिकोणसहित कम्पनीले आगामी पाँच वर्षमा उपस्थितिलाई विश्वव्यापी विस्तार गर्नुका साथै नयाँ मोटरसाइकल र स्कुटरको उत्पादन सुरु गर्ने भएको छ ।

साथै, अनुसन्धान र विकास लगानी जारी राखेर मोबिलिटीका नयाँ उपायमा केन्द्रित हुने हिरो मोटोकर्पका प्रमुख कार्यकारी अधिकृत डा.पवन मुञ्जेलले जानकारी दिए । हिरो मोटाकर्पले आफ्नो कुल सञ्चित उत्पादनमा १०० मिलियन (१० करोड) इकाइको महत्वपूर्ण कोशेढुंगा पार गरेको उनले बताए  ।

हिरो मोटोकर्पले आफ्नोे बिक्री, अनुसन्धान र विकास र निर्माणको पारिस्थितिक प्रणालीसँग आर्थिक गुणकको रूपमा काम गरिरहेको छ । यसै अवसर  मुञ्जेलले नयाँ दिल्लीको गुडगाउँस्थित कम्पनीको निर्माण संयन्त्रमा ६ वटा नयाँ  विशेष उत्सव संस्करण मोडलको अनावरण गरे  । यी संस्करणमा मोटरसाइकलतर्फ स्प्लेन्डर प्लसं, एक्सट्रिम १६०आर, प्यासन प्रो, ग्लामर तथा स्कुटरतर्फ डेस्टिनी १२५, मास्ट्रो एज ११० सामेल छन्, जुन २०२१ को फेब्रुअरीदेखि बिक्री हुनेछ । कम्पनीले आगामी पाँच वर्षभित्र विश्वव्यापी उपस्थिति विस्तार गर्ने, सान्दर्भिक उत्पादन बजारमा ल्याउने र इनोभेटिभ उत्पादनका अवधारणामा पनि काम गर्ने लक्ष्य राखेको डा। मुञ्जेलले बताए । कम्पनीले आगामी पञ्चवर्षीय योजनाको हिस्साका रूपमा हरेक वर्ष १० भन्दा बढी उत्पादन भेरियन्ट्स ल्याउनेछ । नयाँ दिल्लीमा केन्द्रीय कार्यालय रहेको हिरो मोटोकर्पले हाल एसिया, अफ्रिका, मध्यपूर्व र दक्षिण र मध्य अमेरिकाभरि ४० भन्दा बढी देशमा आफ्ना उत्पादन बिक्री गर्दै आएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया