सडक निर्माण भएपछि स्थानीयवासीलाई सहज

माघ ११, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं- कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा विभिन्न विकास आयोजना निर्माण भएका छन् । 

यसअघि फगाम, सुवामा सडक निर्माण गरेको आयोजनाको सहयोगमा वडा कार्यालय भवन ढलान र ज्ञानप्रकाश मावि जोड्ने सडक निर्माण भएको हो । आयोजनाको ठेकेदार कम्पनी टाटाले जलथले, फगाम, सुवा हुँदै दुवारीखोला जोड्ने सडक निर्माण गरेको थियो ।

प्रसारण लाइनको टावर निर्माणस्थलमा सामग्री ढुवानी गर्न निर्माण भएको यो सडकबाट स्थानीयवासीलाई पनि सुविधा पुगेको छ । दुवारी खण्डमा पहिरोले भत्काएको सडक मर्मत गरेमा जलथले–दुवारी खण्डको बेनी–जोमसोम सडकको विकल्प बन्ने वडाध्यक्ष नरसिंह पुर्जाले बताए । 

अहिले फगाम र सुवाका बासिन्दाले आवतजावतका साथै कृषि उपज निकासी र दैनिक उपभोग्य तथा निर्माण सामग्री ढुवानीमा यो सडक प्रयोग गरेका छन् । चार किलोमिटर दूरीको यो सडक निर्माण गर्न टाटाले करिब रु ५५ लाख खर्च गरेको जनाएको छ ।

यसैगरी आयोजनाको रु १२ लाख सहयोगमा दानास्थित वडा कार्यालय भवन ढलान गरिएको छ । यसअघि वडा कार्यालयको भवन जस्तापाताले छाइएको थियो । जस्पातापाता हटाएर ढलानसँगै भवनभित्रका कोठा मर्मतसमेत गरिएको वडाध्यक्ष पुर्जाले बताए । 

यसअघि भवन चुहिने समस्या थियो । भवन मर्मत र ढलान गरेपछि सेवा प्रवाहमा सहज भएको वडाध्यक्ष पुर्जाले बताए । यसैगरी दानाको घट्टेखोलास्थित बेनी–जोमसोम सडकबाट ज्ञानप्रकाश मावि जोड्ने सडक निर्माण भएको छ । 

सडक निर्माणका लागि आयोजनाले गाउँपालिकामार्फत उपलब्ध गराउने गरेर रु २० लाख  विनियोजन गरेको थियो । नालीसहित छ मिटर फराकिलो ४०० मिटर सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सुरत केसीले बताए । सडकको दुईतर्फ पर्खाल निर्माण भएको छ । उपभोक्ता समितिमार्फत सडक निर्माण भएको छ । 

अध्यक्ष केसीले सडक, नाली र पर्खाल निर्माणको काम सकेर गाउँपालिकामा भुक्तानीको प्रक्रिया अघि बढाएको बताए । नमूना विद्यालयमा छनोट भएको विद्यालयसम्म सहज पहुँच पुग्नुका साथै दानागाउँका बासिन्दालाई आवतजावत र ढुवानीमा सुविधा पुगेको उनले बताए । 

यसअघि साँघुरो सडकमा सवारी साधन र मानिस आवतजावत गर्न समस्या भएको थियो । जलविद्युत्, प्रसारण लाइनलगायत विकास आयोजनाले कूल लागतको ०।७५ प्रतिशत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार सामाजिक गतिविधिमा खर्च गर्ने व्यवस्था छ । 

सोही व्यवस्थाअनुसार प्रसारण लाइन प्रभावित क्षेत्रमा स्थानीय तहसँग समन्वय गरेर आवश्यकताका आधारमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरिएको आयोजनाले जनाएको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८