जब पशुपतिमा जलाउँदै गरेको शव प्रहरीले बरामद गर्यो

सोमबार, १२ माघ २०७७, १५ : १९

सोमबार पशुपति मन्दिर परिसरमा जलाउँदै गरेको एक महिलाको शव प्रहरीले बरामद गरेको छ । 

उक्त महिलाको हत्यापछि अन्त्येष्टि गर्न लागिएको भन्दै  प्रहरीले महिलाको शव बरामद गरेको हो । 

प्रहरीका अनुसार उक्त शव बाराको श्रीपुर घर भएकी ३५ वर्षीया बबिता चौधरीको रहेको छ ।

प्रहरीले चौधरीका श्रीमान ३८ वर्षीय रवि र अनु थापालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ । 

सोमबार, १२ माघ २०७७, १५ : १९

प्रतिक्रिया