काठमाडौं - सवारी चालकको अनुमतिपत्र लाइसेन्स का लागि अब एउटा डिभाइसबाट एक पटक मात्र आवेदन दिन पाइने भएको छ । अनलाइन आवेदनमा विचौलियाको बिगबिगी बढे पछि यातायात व्यवस्था विभागले नयँ व्यवस्था ल्याएको हो ।
विचौलियाले ग्राहकबाट पैसा उठाएर एकै पटक धेरै फर्म अपलोड गर्नेहुँदा साधारण सेवाग्राहीले लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन दिन प्रयास गर्दा समस्या आएको भन्दै नयाँ व्यवस्था ल्याएको विभागले जनाएको छ ।
विभागका अनुसार यो नीति लागू भएसँगै अब एक दिनमा एउटा कम्प्युटर, ल्यापटप अथवा मोबाइलबाट एक पटकमात्रै लाइसेन्सको आवेदन दिन सकिने छ ।
यसअघि विभागले गत शुक्रबारदेखि लाइसेन्सको अनलिमिटेड फर्म लिनेगरी व्यवस्था सुरु गरेको थियो ।
प्रतिक्रिया