काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्व नागरिक अगुवाहरुले गरेको बालुवाटार मार्च पासमा प्रहरीले हस्तक्षेप गरेको छ । त्यस क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा प्रहार गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमको विरोधमा नागरिक अगुवाहरुले गरेको बालुवाटार मार्च पासमा प्रहरीले हस्तक्षेप गर्दा केही अगुवाहरु घाइते समेत भएका छन् ।
उनीहरुले कमलपोखरीको माटो लगाएर र्याली सुरु गरेका थिए । कमलपोखरीबाट हात्तीसार, नागपोखरी, नक्साल हुँदै भाटभटेनीबाट बालुवाटारतर्फ बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।
सुरक्षा घेरा तोडेर अघि बढ्ने क्रममा प्रहरीले लाठीचार्ज गर्नुपरेको जनाएको छ ।
प्रतिक्रिया