प्रभु लाइफको शेयर मूल्य ६ सय नजिक, माग अझै उच्च

मंगलबार, १३ माघ २०७७, १२ : ३९

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा आज पनि सकरात्मक सर्किट लागेको छ । 

आज कम्पनीको शेयर मूल्य ९.९४ प्रतिशतले बढेर ५७५ रुपेयाँ पुगेको हो । 

करिब तनि साता अघि नेप्सेमा सुचिकृत यस कम्पनीको शेयर मूल्य लगातार बढी रहेको छ । 

आज पनि कम्पनीको शेयर खरिद गर्न चाहानेको संख्या उच्च रहेको छ । अहिले कारोबार भइरहेको नेप्सेमा उक्त कम्पनीको ६ लाख ७४ हजार १४६ कित्ता शेयर खरिद गर्न ३ हजार ५ सय १८ लगानिकर्ताले माग राखेका छन् ।

कम्पनीको शेयर नेप्सेमा न्युन्तम मूल्यबाट कारोबार सुरु भएको थियो । 

मंगलबार, १३ माघ २०७७, १२ : ३९

प्रतिक्रिया