चाँदीको आयातमा भारी गिरावट, छ महिनामा कति भित्रियो ?

मंगलबार, १३ माघ २०७७, १३ : ३१

काठमाडौं – चालु आर्थिक बर्षको ६ महिनामा सुनको आयात बढेपनि चाँदीको भने घटेको छ । यस अवधीमा सुनको आयात ५२.५ प्रतिशतले बढेको छ । तर, चाँदीको आयात भने ६८ प्रतिशतले घटेको छ । 
व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र (टीईपीसी) को पुससम्मको तथ्यांकले यस्तो देखाएको हो । यस अवधीमा नेपालमा रु. २ अर्ब ९ करोड ५० लाखको चाँदी आयात भएको छ । गत आवको सोही अवधीमा रू. ६ अर्ब ५५ करोड २४ लाखको चाँदी आयात भएको थियो । 
गत आवभर भने रु. ९ अर्ब ४९ करोड ३० लाखको चाँदी आयात भएको थियो । 

मंगलबार, १३ माघ २०७७, १३ : ३१

प्रतिक्रिया