काठमाडौं- विश्वमा केही यस्ता व्यक्तिहरु रहेका छन् जो सानै उमेरमा नै अर्बौ सम्पत्तिको मालिक बन्न सफल भएका छन् । जसमध्ये रितेश अग्रवाल पनि एक हुन् । उनी विश्वका दोस्रो कान्छा अरबपति हुन् ।
रितेश हाल १.१ अर्ब डलर अर्थात रु ७८ अर्ब भारतीय रुपैयाका मालिक हुन् । योसंगै २७ वर्षिय रितेश विश्वका दोस्रो कान्छा अरबपति बनेका छन् ।
उडिसाका रितेश अग्रवालले यति सानो उमेरमा यति धेरै प्रगति गरेकी सबै आश्र्रर्यमा परेका छन् । योसंगै उनले यो पनि सावित गरिदिएकी कुनै काम गर्न उमेरले छेक्दैन ।
रितेशले २०१२ मा ओरवेल स्टाअपको सुरुवात गरे । यो खोल्नुको मुख्य उद्देश्य कम समयमा कम रकमका लागि बस्ने व्यवस्था मिलाउनु हो । यस विज्नेशबाट उनलाई ठुलो सफलता मिल्न गयो । तर, उनी यतिमा मात्र समिति रहेनन् । उनले २०१३ मा ओयो रुम्स नामक कम्पनिको स्थापना गरे । यसबाट सस्तो मुल्यमा धेरै सेवा सुविधा भएका होटल र ट्राभलसंग उनको सम्बन्ध बढ्न थाल्यो ।
दुई जना कर्मचारीबाट सुरु भएको उक्त कम्पनीमाअ अहिले सयौँ कर्मचारीहरु रहेका छन् । उनले एकपछि अर्का सफलता हासिल गर्दा दुई कम्पनीले सन् २०१४ मा ४ करोड लगानीको प्रस्ताव पनि गरे । यस्तै सन् २०१६ मा जापानको सफ्ट बैकले ७ अर्बको लगानी यस कम्पनीमा गरेयो । २ वर्षमा नै कम्पनिले ग्राहकहरुको मन जित्दै १० लाखभन्दा बढी रुपमहरुसंग बजार सम्बन्ध स्थापना गरेको छ ।
प्रतिक्रिया