चोरी र बहुविवाह मुद्दाका फरार दुई जना प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
बाँके जिल्ला अदालतबाट चोरी मुद्दामा २०७७ कात्तिक २२ गते एक वर्ष ११ महिला ३ दिनको सजाय पाएका प्रतिवादी मातादिन काँदुलाई प्रहरीले आज पक्राउ गरेको हो ।
बाँकेको जानकी गाउँपालिका–२ बस्ने ५१ वर्षीय काँदुलाई आजै जिल्ला अदालत बाँकेमा बुझाइएको छ । यसैगरी, बहुविवाह मुद्दामा २०७७ कात्तिक २० गते ११ महिना १२ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी बाँके खजुरा गाउँपालिका–२ उदरापुर बस्ने २१ वर्षीया बिनाकुमारी खटिकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
फरार अभियुक्त पक्राउ गर्ने अभियानअन्तर्गत हालसम्म बाँके प्रहरीले ५१२ फरार प्रतिवादीलाई पक्राउ गरिसकेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए। यसैबीच बाँके प्रहरीले एक ग्राम ब्राउसुगरसहित रझेना निवासी २२ वर्षीय होमबहादुर सार्कीलाई पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्जको जमुनहास्थित चेकपोष्टमा जाँचका क्रममा सार्कीलाई ब्राउन सुगर बरामद गरेको हो ।
प्रतिक्रिया