बाबुले गरे दुई वर्षीया छोरीको हत्या

मंगलबार, १३ माघ २०७७, १७ : ५९

बाबुले आफ्नै दुई बषिर्य छोरीको हत्या गरेका छन् ।अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका वडा नं। २ सीतापुरको झिर्राका स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै दुई वर्षीय छोरी सृष्टि घिमिरेको हत्या गरेका हुन् । घिमिरेले दुई वर्षीया छोरीको हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक इन्सपेक्टर बाबुराम बस्नेतले जानकारी दिए ।


विगत केही महिनादेखि श्रीमानसँगको घरायसी विवादका कारण श्रीमती भने माइतमा बस्दै आएकी थिइन् । बाबुसँगै बसेकी दुई वर्षीया छोरीको  हत्या गरिएको बस्नेतले बताए । घटनामा संलग्न घिमिरेलाई नियन्त्रणमा लिइएको र घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । 

मंगलबार, १३ माघ २०७७, १७ : ५९

प्रतिक्रिया