बुधबार कस्तो रहन्छ देशभरको मौसम ?

बुधबार, १४ माघ २०७७, ०७ : ५१

काठमाडौँ – बुधबार देशका अधिकांश स्थानको मौसम बुधबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १ तथा गण्डकी प्रदेशमा आंशिक बदली रहि बाँकि क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही क्षेत्रमा आंशिक बदली रहि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमापातको सम्भावना छ।

यसैबिच देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका क्षेत्रमा बिहानीपख हुस्सु–कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

बुधबार, १४ माघ २०७७, ०७ : ५१

प्रतिक्रिया