काठमाडौं – प्रतिनिधी सभा बिघटनको विरोध गर्दै आएका चार पुर्व प्रधान्यायाधीसहरु विरुद्ध सर्वाेच्च अदालतमा अवहेलनाको मुद्दा दायर भएको छ । पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध सर्वाेच्चमा अवहेलनाको मुद्दा परेको हो ।
उनीहरु चारै जनाले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै संसद बिघटनको विरोध गरेका थिए । त्यसै बिषयलाई लिएर अधिवत्ता धनजीत बस्नेतले मुद्दा दायर गरेका हुन । मुद्दाको पेशी यही माघ १५ गते हुने बताइएको छ ।
उनीहरुले अदालतमा विचाराधीन मुद्दामा बोलोर स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको अधिवत्ता बस्नेतको भनाइ छ । उनीहलाई न्याय प्रशासन ऐन २०७३ को दफा १७ को उपदफा ४ बमोजिम सजाय माग गरिएको छ । उनीहरुले पुस २४ गते संयुक्त विज्ञप्ती निकाले संसद बिघटनको विरोध गरेका थिए ।
प्रतिक्रिया