काठमाडौं - त्रिभुवन विश्वविधालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत एक्चुअरियल साइन्स विषयमा नयाँ भर्ना खुलेको छ ।
सेमेष्टर प्रणाली अनुसार पठनपाठन हुने चार वर्षे स्नातक तहको एक्चुअरियल साइन्स विषयमा नयाँ भर्ना खुलेको हो ।
स्कुलले तोकेको योग्यता पुगेका विधार्थीले माघ १२ गतेदेखि फागुन २ गतेसम्म गणित विज्ञान स्कुल, बल्खुमा फाराम बुझाउन सक्ने गणित विज्ञान स्कुलले जानकारी दिएको छ ।
लिखित परीक्षा फागुन ४ गते बिहान ८ बजेदेखि ९ः४५ बजेसम्म गणित विज्ञान स्कुल, बल्खुमा हुने बताइएको छ ।
प्रतिक्रिया