आज कस्तो रहन्छ देशभरको मौसम ?

विहीबार, १५ माघ २०७७, ०७ : ४९

काठमाडौं-  बिहीबार  पहाडी क्षेत्रका केही भूभागमा आंशिक बदली भए पनि देशका अधिकांश क्षेत्रको मौसम  सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । तर स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली हुने देखिएको हो ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।

यसैबिच तराईका भू–भागहरुमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

विहीबार, १५ माघ २०७७, ०७ : ४९

प्रतिक्रिया