विश्वकै प्रदूषित शहरको नवौं स्थानमा काठमाडौं, पहिलो कुन ?

विहीबार, १५ माघ २०७७, १० : ४२

काठमाडौं -  काठमाडौं उपत्यकामा वायु प्रदूषण फेरि बढेको छ ।

गत महिना काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) विश्वकै सबैभन्दा बढी ४८७ भएपछि क्रमशः विस्तारै घटेको थियो । आज बिहान काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरि बढेसँगै काठमाडौं अहिले विश्वकै नवौं प्रदूषित शहर बनेको छ ।

बिहीबार बिहान ९ः१९ बजेको काठमाडौंको एक्यूआई १८२ रहेको छ । त्यस्तै कीर्गिस्तानको बिश्केक ४७३ एक्यूआईसहित पहिलो स्थानमा छ ।

पाकिस्तानको कराँची २५३ सहित दोस्रो, भारतको दिल्ली २४१ सहित तेस्रो तथा बंगलादेशको ढाका २३९ सहित चौथो स्थानमा रहेको छ । 

दक्षिण एसियाली राष्ट्रहरु नेपाल, भारत, पाकिस्तान र बंगलादेशमा सबैभन्दा धेरै प्रदूषण देखिएका छन् ।

विहीबार, १५ माघ २०७७, १० : ४२

प्रतिक्रिया