माग गरिए भन्दा बढी आवेदन परेपछि सानिमा लार्ज क्याप फण्डको इकाई निष्काशन आजबाट बन्द

विहीबार, १५ माघ २०७७, १४ : ३१

काठमाडौं - सामुहिक लगानी कोषको इकाई ‘सानिमा लार्ज क्याप फण्ड’ को इकाई खरीद गर्ने आज अन्तिम रहेको छ ।

बुधबारसम्म फण्डले सर्वसाधारणबाट माग गरिएको इकाईभन्दा बढी आवेदन परेपछि बिहीबार कार्यालय समयपश्चात निष्काशन बन्द गर्न लागिएको हो । 

क्यापिटलले माघ ९ गते शुक्रबारदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

बुधबारसम्ममा ६९ हजार ७४५ आवेदकबाट ९ करोड ७५ लाख ४ हजार २२० इकाईका लागि आवेदन परेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।
 

विहीबार, १५ माघ २०७७, १४ : ३१

प्रतिक्रिया