वलीलाई भेट्न नख्खु जेलमा पुगे खानेपानी मन्त्री

मंगलबार, २० माघ २०७७, १४ : ४९

काठमाडौं- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वलीलाई  भेट्न खानेपानी मन्त्री मणि थापा ललितपुरको नख्खु जेलमा पुगेका छन् ।

मंगलबार बिहान थापा नख्खु पुगेर वलीसँग केही समय भेट गरेका थिए।

करिब दुई वर्षअघि नख्खुस्थित एनसेलको कार्यालयअघि विप्लव समूहले गराएको विस्फोटमा संलग्न रहेको आरोपमा वली पक्राउ परेका थिए । 

विप्लव समूहलाई सरकारले आतङ्ककारी समूह घोषणा गरेको थियो। राजनीतिक उथलपुथलबीच थापाले ओलीसँग गरेको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ।

मंगलबार, २० माघ २०७७, १४ : ४९

प्रतिक्रिया