कारोबार सुरु भएको दिन चन्द्रागिरी हिल्सको ३०कित्ता शेयर खरिद बिक्री,कारोबार रकम कति ?

३ बर्ष अगाडि

काठमाडौं- चन्द्रागिरी हिल्स लिमिटेडको शेयर कारोबार प्रतिकित्ता १६१ रुपैयाँमा भएको छ । गत शुक्रबार नेप्सेमा सुचिकृत भएको उक्त कम्पनीको शेयर कारोबारका लागि  ९६.६० रुपैयाँदेखि २९०.०७ रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकिएको थियो । 

आज कम्पनीको शेयर कारोबार १६१ रुपैयाँ बाट सुरु भएको थियो । उक्त कम्पनीको ३० कित्ता शेयर खरिद बिक्री भएको थियो । 

ब्रोकर नम्बर ३२ ले २० कित्ता शेयर किनेको छ भने ब्रोकर नम्बर ५९ र ३४ ले उक्त शेयर बिक्री गरेका छन् । २० कित्ता शेयर १६१ रुपैयाँको दरमा कारोबार भएको हो । 

यस्तै ब्रोकर नम्बर ५९ ले १० कित्ता शेयर  किनेको छ भने ब्रोकर नम्बर ३८ ले उक्त शेयर बिक्री गरेको हो । सो १० कित्ता शेयर भने १६४ रुपैंयाका दरमा कारोबार भएको हो ।  रकमका आधारमा कम्पनीको ४ हजार ८६० रुपैयाँको शेयर कारोबार भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया