काठमाडौँ - आज शुक्रबारबाट फिल्म ‘मनसरा’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो ।
‘मनसरा’ उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म हो । दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतको अभिनय रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्णुकुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ फिल्मका सहनिर्माता हुन् । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ । फिल्मले एकल महिला र निसन्तान पुरुषबिचको कथा बोल्छ ।
प्रतिक्रिया