प्रि ओपनमा घट्यो चन्द्रागिरी हिल्सको शेयर मुल्य

३ बर्ष अगाडि

काठमाडौं – आइतबारदेखि मात्र कारोबारमा आएको चन्द्रागिरी हिल्सको शेयर मुल्य आज घटेको छ । आज प्रि ओपनिङमा उक्त कम्पनीको शेयर मुल्य ५ अंकले घटेको हो । 
हिजो उक्त कम्पनीको शेयर मुल्य १६४ कायम भएको थियो । तर, अहिले त्यो ३.०५ अंकले घथेर १५९ रुपैयाँमा कायम भएको छ । हालै उक्त कम्पनीको सो मुल्यमा १० कित्ता शेयर खरिदबिक्री भएको छ । 
हिजो स्पेशल प्रि ओपनिङ सेशनमा चन्द्रागिरी हिल्स लिमिटेडको शेयर कारोबार प्रतिकित्ता १६१ रुपैयाँमा खुलेको थियो । हिजो ३ रुपैयाँले बढेको उक्त कम्पनीको शेयर मुल्य अहिले घटेको छ । तर, नेप्सको मार्केट डेप्थमा यसको खरिदकर्ताले बढी मुल्यमा नै शेयर खरिद गर्न खोजेको छन् । तर, बिक्री गर्न कोही आएका छैनन् । 

गत शुक्रबार नेप्सेमा सुचिकृत भएको उक्त कम्पनीको शेयर कारोबारबार लागि  ९६.६० रुपैयाँदेखि २९०.०७ रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकिएको थियो । 
तर, स्पेशल प्रि ओपनिङमा निर्धारित रेन्जको बीच तिर अर्था्त १६१ रुपैयाँ बाट उक्त कम्पनीको शेयर कारोबार भएको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया