काठमाडौँ - सिंगटी हाइड्रोपावर लिमिटेडको अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्मको खुद घाटामा वृद्धि भएको छ ।
यस त्रैमाससम्म हाइड्रोको खुद घाटा २३ करोड ३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको घाटा १३ करोड ८२ लाख रुपैयाँ रहेको थियो । खुद घाटा करिब ६६।६३ प्रतिशतले बढेको हो । तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत उत्पादनबाट ५३ करोड ७२ लाख रुपैयाँ खूद आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ५१ करोड ९९ लाख रहेको थियो । यो त्रैमासमा हाइड्रोले विद्युत उत्पादनबाट १० करोड ८ लाख रुपैयाँ कमाएको छ ।
यो त्रैमासमा हाइड्रोले वित्तीय खर्च बापत् ११ करोड ३ लाख रुपैयाँ तिरेको छ । यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले कुल ३६ करोड ८६ लाख रुपैयाँ वित्तीय खर्च भुक्तान गरेको छ । जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा २३ करोड ३ लाख ८६ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
प्रतिक्रिया