प्रुडेन्सियल इन्स्योरेन्सको ८.४२ प्रतिशत लाभांश घोषणा

३ बर्ष अगाडि

काठमाडौं- प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट ८.४२ प्रतिशत लाभांश घोषणा गरेको छ । 

कम्पनीको माघ २५ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बानेस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू। १ अर्ब २ करोड ६४ लाख ३२ हजार रहेको छ । सोही पूँजीको आधारमा बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने कम्पनीले जानकारी दिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया