दोहोरो अंकले बढ्दै २५४७.२७ को बिन्दुमा नेप्से, ९५ लाख बढीको कित्ता शेयर खरिद बिक्री

३ बर्ष अगाडि

काठमाडौं- सोमबार नेपाल स्टक एक्सेक्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टासम्म आउँदा दोहोरो अंकले उकालो लाग्दै २५४७.२७ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे २५२५४को बिन्दुबाट सुरु भएको परिसुचक २३.३७ अंकले बढेर २५४७.२७ को बिन्दुमा पुगेको छ ।

दुई घण्टाको अवधीमा सेन्सेटिभ पनि ३.०९ अंकले उकालो लाग्दै ४६२.४२ को बिन्दुमा पुगेको छ ।

कारोबारका १२ उपसमुहमध्ये ५ उपसमुह ओरालो लागेका छन् भने बाँकी ७ उपसमुह भने उकालो लागेका हुन् ।
 
एक बजेसम्म कारोबारमा आएका १९५ कम्पनिको ९५ लाख ११ हजार ९२ कित्ता शेयर ४७ हजार २२ पटक खरिद बिक्री हुँदा ५ अर्ब ४४ करोड ७९ लाख ९५ हजार रुपैंया बराबरको कारोबार भएको छ ।      
 

३ बर्ष अगाडि

प्रतिक्रिया