पठाओको घोषणा : 'भ्यालेन्टाइन डे' मा राइडर र ग्राहकलाई उपहार

३ बर्ष अगाडि

काठमाडौं - राइड सेयरिङ प्लेटफर्म पठाओले 'भ्यालेन्टाइन डे' को अवसरमा आफ्ना राइडर र ग्राहकका लागि उपहार कार्यक्रम घोषणा गरेको छ। उक्त उपहार मार्फत दश उत्कृष्ट राइडरलाई 'भ्यालेन्टाइन डे' को दिन फ्री डिनर उपहार प्रदान गर्ने भएको हो। 

राइडर आफ्नो जोडीसहित उक्त डिनरमा सहभागी हुनेछन् । 'भ्यालेन्टाइन डे' कै दिन पठाओ एपमार्फत् खाना अर्डर गर्ने ग्राहकलाई रातो गुलाफको फूल उपहार प्रदान गर्ने योजना रहेको पठाओले जनाएको छ । 

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरू गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरू गरेको हो। 

३ बर्ष अगाडि

प्रतिक्रिया