पेट्रोलियम पदार्थको मुल्य वृद्धि :आरआर कलेज अगाडि टायर जलाएर विरोध

विहीबार, ०६ फागुन २०७७, १० : ४०

काठमाडौं-  सरकारले पेट्रोलको मुल्य बढाए संगै राजधानीको आरआर कलेज अगाडि अखिलका विद्यार्थीले टायर जलाएर सरकारी कदमको विरोध गरेको छन् ।

गत हप्ता माघ २८ गते बुधबार मात्रै खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले फागुन ४ गते मंगलबार पुनः मूल्य बृद्धि गरेको हो।

निगमले एक महिनाको अवधिमा यो तेस्रो पटक मूल्य वृद्धि गरेको हो। माघ ६ गते निगमले तेलको मूल्य बढाएको थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको जिकिर गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

उपभोक्ताले पेट्रोल लिटरको १ सय १४ रुपैयाँ र डिजल तथा मट्टितेल ९७ रुपैयाँ तिर्नुपर्ने भएको छ।

विहीबार, ०६ फागुन २०७७, १० : ४०

प्रतिक्रिया