आज पनि तोलामा ६०० रुपैंयाले घट्यो सुनको मुल्य, तोलाको कति ?

विहीबार, ०६ फागुन २०७७, १० : ५९

काठमाडौं-  आज बिहिबार सुनको मुल्य तोलामा ६०० रुपैंयाले घटेको छ ।

हिजो प्रतितोला ८९ हजार ८०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ६०० रुपैंयाले घटेर प्रतितोला ८९ हजार २०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

बिहिबार तेजावी सुनको मुल्य ८८ हजार ७५० रुपैंयामा कारोबार हुनेछ ।

यस्तै चाँदीको मुल्य पनि तोलामा ५ रुपैंयाले घटेको छ । हिजो १३ सय ४० रुपैंयामा कारोबार भएको चाँदीको मुल्य आज तोलाको १३ सय ३५ रुपैंया रहेको महासंघले जनाएको छ ।

विहीबार, ०६ फागुन २०७७, १० : ५९

प्रतिक्रिया