काठमाडौं - विभिन्न मुलुकहरूबाट हुँदै आएको आयातको गतिमा सुधार आउन थालेको छ । कोरोनाको महामारी सुरु हुनुअघि अघिल्लो वर्ष भएको आयातकै हाराहारीमा यो वर्षको पहिलो ७ महिनामा ८ खर्ब ३ अर्ब रुपैयाँ बराबरको वस्तुको आयात भएको हो ।
भन्सार विभागले सार्वजनिक गरेको पहिलो सात महिना (साउनदेखि माघ) को तथ्यांकले वस्तुको आयात पुरानै लयमा फर्किन लागेको जानकारी दिएको छ ।
चालू आर्थिक वर्षको पहिलो ७ महिनामा भारतसहित तेस्रो मुलुकबाट नेपालमा ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख रुपैयाँ बराबरको विभिन्न वस्तु नेपाल भित्रिएको छ ।
अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ करोडभन्दा बढी रुपैयाँभन्दा बढीको वस्तुको आयात भएको हो । अघिल्लो वर्षको यस अवधिमा ८ खर्ब ३ अर्ब ६० करोड २८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
यो तथ्यांकले कोरोनाको महामारीले थलिएको नेपालको बजार र उद्योग विस्तारै ठडिन लागेको विषयलाई पुष्टि गरेको छ । कोरोना महामारीको संक्रमण उत्सर्गमा रहेको समयमा आयात निर्यातको दर निकै खुम्चिएको थियो ।
पछिल्लो तथ्याङ्कअनुसार माघ महिनामा मात्रै विभिन्न मुलुकबाट नेपालमा १ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
प्रतिक्रिया