७ महिनामा ७ खर्ब ३३ अर्ब बढिको व्यपार घाटा

शनिबार, ०८ फागुन २०७७, ११ : १०

काठमाडौं - चालु आर्थिक वर्षको ७ महिनामा नेपालले ७ खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । 

भन्सार विभागको तथ्यांकअनुसार माघ मसान्तसम्ममा नेपालले ८ खर्ब ७३ अर्ब ५६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा सवा ७ खर्बभन्दा बढी घाटा व्यहोरेको देखिएको हो ।

विभागको तथ्यांकअनुसार माघ मसान्तसम्ममा ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । ६९ अर्ब ९१ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । 

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात ०.०१ प्रतिशतले बढेको छ । त्यस्तै निर्यात ७.६१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो ७ महिना अवधिमा मुलुकले व्यहारेको व्यापार घाटाको तुलनामा यस वर्ष व्यहारेको घाटा भने ०.६६ प्रतिशतले कम हो । 

गत आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले ७ खर्ब ३८ अर्ब ६८ करोड रुयैयाँ बराबर व्यापार घाटा व्यहारेको थियो । गतवर्ष माघ मसान्तसम्ममा १२.३७ रहेको यस्तो अनुपात चालु आर्थिक वर्षको माघसम्ममा ७.०७ प्रतिशतले घटेर ११.४९ कायम भएको छ । 

शनिबार, ०८ फागुन २०७७, ११ : १०

प्रतिक्रिया