काठमाडौं - चालु आर्थिक वर्षको माघ महिनासम्ममा झण्डै १० वटा मुलुकहरू सँगको व्यापार नाफा भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष ७ महिनाको प्रगति प्रतिवेदनले यस्तो देखाएको हो ।
विभागका अनुसार व्यापार नाफा भएका मुलुकमा बेलायत, लेबनान, डेनमार्क, सुडान, अंगुलिया, आइसल्यान्ड, यमन, मोनाको, न्यु क्यालेडोनिया र युगान्डा रहेका छन् ।
बेलायतसँग ३८ करोड व्यापार नाफा भएको छ । त्यस्तै लेबनानसँग १८ करोड र डेनमार्कसँग १४ करोड नाफा भएको छ भने युगान्डासँग ४४ लाख रुपैयाँको व्यापार नाफा भएको छ ।
सबैभन्दा कम व्यापार नाफा भएको मुलुकमा माल्दिभ्स रहेको छ । माल्दिभ्ससँग सात महिनामा ८ हजार रुपैयाँको व्यापार नाफा भएको भन्सार विभागले जनाएको छ ।
प्रतिक्रिया